अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री उत्पादन र वितरण गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यससम्बन्धी तीनदिने कार्यशाला आयोजना गरिएको छ।
2025-02-18-07-54-50.jpeg)
अपांगता भएका व्यक्तिहरुलाई के कस्ता सहायता सामग्री आवश्यक पर्छन् भन्ने सन्दर्भमा ४ फागुनदेखि मंगलबारसम्म सञ्चालन भएको ‘नेपाल मेकाथन’ कार्यशालामा अपांगता भएका व्यक्तिहरूलाई सहभागी गराइएको थियो।
उनीहरूको जीवन सशक्त र सक्षम बनाउनको लागि सहायक उपकरणहरू कसरी तयार पार्ने भन्ने सन्दर्भमा छलफल भएको थियो।
2025-02-18-07-55-41.jpeg)
इन्जिनियरहरुले अपांगता भएका व्यक्तिहरुलाई नेपालमै उत्पादन गर्नको लागि कस्ता कस्ता सहायता सामग्री चाहिन्छन् भन्नेबारे अपांगता भएका व्यक्तिहरुसँग सोधपुछ गरेका थिए।
2025-02-18-07-55-27.jpeg)
एडिबीको आर्थिक र प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसले सहजीकरण गरेको आयोजकले जनाएको छ।
2025-02-18-07-55-56.jpeg)
थप तस्बिरहरू हेर्नुस् :
2025-02-18-07-56-44.jpeg)
2025-02-18-07-56-34.jpeg)
2025-02-18-07-56-22.jpeg)
2025-02-18-07-56-14.jpeg)
2025-02-18-07-55-17.jpeg)