काठमाडौं जिल्ला अदालतका चारवटा फाँटमा फागुन ८ र ११ गतेबाट सुनुवाइ हुने

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

मेलम्चीको पाइप फुट्दा जिल्ला अदालत काठमाडौंको दोस्रो भवनमा क्षति पुगेको छ। जसकारण ४ वटा फाँटका लागि तारेख तथा नियमित सुनुवाइ हुनेबारे जिल्ला अदालतले सूचना निकालेको छ। 

अदालतको दोस्रो भवनबाट २६ देखि २९ नम्बर इजलास सञ्चालन हुने गरेका छन्। यी फाँटका मुद्दाहरुको बारे प्रशासन शाखाले सोमबार सूचना जारी गरेको हो। जसमा ०८१ को माघ ३० देखि फागुन ५ गतेसम्मको तारेख पटक गणना नहुने गरी फागुन १३ सम्म उपस्थित भएमा निवेदन नलिइ तारेख थमाइदिने उल्लेख छ।

‘फागुन १४ पछि उपस्थित हुनेको हकमा फागुन १४ देखि गणना हुने गरी नियमानुसार तारेख थामिदिने,’ सूचनामा छ। साथै फाँट नं. २६, २७ र २९ बाट तोकिएको पेसी मिति फागुन ८ गतेदेखि र फाँट नं. २८ को पेसी मिति फागुन ११ देखि नियमित सुनुवाइ हुनेछ।

सूचनामा उल्लेख भएअनुसार फाँट नं. २६ को पहिलो भवनको दोस्रो तल्लाको कोठा नं. २०८ र बाँकी तीन वटै फाँटको सञ्चालन दोस्रो भवनको दोस्रो तल्लाबाट हुने छ। ३० माघमा मेलम्चीको पाइप फुट्दा जिल्ला अदालतको दोस्रो भवनका साथै वन विभाग, व्यक्तिका घरलगायतमा क्षति पुगेको थियो।

सुझावित समाचार