तोलामा सात सयले बढ्यो सुनको मूल्य

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज सुनकाे मूल्य  प्रतितोला सात सयले वृद्धि भएको छ ।

साेमबार प्रतितोला एक लाख ६८ हजार सात सयमा खरिद–बिक्री भएकाे सुन आज बढेर प्रतितोला  एक लाख ६९ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला  एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।     
 

See More On

सुझावित समाचार