इतिहासमा आज

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

सन् २०१० : चर्चित वेबसाइट विकिलिक्सले सेनाका खुफिया विश्लेषक ब्राडली म्यानिङले उपलब्ध गराएको अमेरिकी सरकारका गोप्य कागजात सार्वजनिक गर्यो ।

सन् १८६१ : जेफर्सन डेभिसले संयुक्त राज्य अमेरिकाको अस्थायी राष्ट्रपतिको रूपमा शपथ लिए । 

सन् १९३० : प्लुटो ग्रह फेला पर्यो । क्लाइड डब्लु टोम्बागले एक महिनाअघि खिचिएका तस्बिरका आधारमा सबैभन्दा पुड्को ग्रह पत्ता लगाएका थिए ।

सन् १९५४ : पहिलो चर्च अफ साइनटोलोजी स्थापना भयो । विविध विवादबिच स्थापनादेखि नै साइनटोलोजीमा हजारौँ सदस्य छन् ।

सन् १९६४ : अमेरिकाले क्युबासँग व्यापार सम्बन्ध राखेको बदलामा पाँच राष्ट्रलाई दिइने सैन्य सहायता कटौती गर्यो ।

सन् १९७२ : अमेरिकामा क्यालिफोर्नियाको सर्वोच्च अदालतले मृत्युदण्डलाई खारेज गर्यो ।

सुझावित समाचार