इस्टपोललाई लोयल्टी कप

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

१३औँ लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि इस्टपोलले जितेको छ । प्रतियोगिताको सोमबार भएको फाइनलमा इस्टपोलले लिटिल एन्जल्सलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्यो । इस्टपोल र लिटिल एन्जल्सबिच निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भयो । लिटिल एन्जल्सले  ०७४, ०७५ र ०७६ सालमा उपाधि जितेको थियो । 

पेनाल्टी सुटआउटमा इस्टपोलका छेवाङ लामा, सुमित कार्की र रुजन तामाङले गोल गरे । लिटिल एन्जल्सबाट विज्ञानराज भण्डारी मात्र गोल गरेका थिए । प्रतियोगितामा लिटिल एन्जल्सका विज्ञानराज भण्डारी उत्कृष्ट स्ट्राइकर चेल्सी वर्ल्ड स्कुलका सुवास तामाङ उत्कृष्ट डिफेन्डर र लोयल्टीका उसुम थापाले उत्कृष्ट मिडफिल्डरको ट्रफी पाए ।  इस्टपोलका विवश थिङ उत्कृष्ट गोलरक्षक र इस्टपोलका सुदर्शन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । 

१४ गोल गरेका लिटिल एन्जल्सका आयुश थापा सर्वाधिक गोलकर्ता बने । चारदिने प्रतियोगितामा १४ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको लोयल्टीका इसीए इन्चार्ज ग्याल्जेन शेर्पाले बताए । 
 

सुझावित समाचार