वडासचिवलाई कुटपिट गरेको आरोपमा प्रहरीले वडाअध्यक्षलाई कुटपिट गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि कुटपिट गरेका हुन्।
भुक्तानीको विषयलाई लिएर वडाअध्यक्षले घाँटी न्याकेर उनलाई कुटपिट गरेका हुन्। कर्मचारी संगठनहरुले बिज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन्। कर्मचारीको दबाबपछि प्रहरीले वडाअध्यक्ष गुरुङलाई पक्राउ गरेको छ ।