भारतमा नेपाली विद्यार्थीको मृत्यु र निष्कासनबारे सरकार कूटनीतिक सम्पर्कमा : प्रधानमन्त्री ओली

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा भएको घटनाको विषयमा सरकारले कूटनीतिक तबरले बुझिरहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले भनेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि आक्रोशित विद्यार्थी आन्दोलनमा छन्। क्याम्पस प्रशासनले सबै नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न निर्देशन जारी गरेको छ।

सुझावित समाचार