स्थानीय तह कार्यसम्पादनमा सप्तरीमा नगरपालिकातर्फ बोदेबरसाइन पहिलो

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेकाे स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा सप्तरीको  बोदेबरसाइन नगरपालिका जिल्लाभरमा उत्कृष्ट नगरपालिका बनेको छ। विभिन्न १७ सूचकका आधारमा गरिएको मूल्यांकनमा नगरपालिकातर्फ  बोदेबरसाइन नगरपालिका जिल्लामा पहिलो बनेको हो। 

वित्त आयोगले आर्थिक वर्ष ०८०/८१ को स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा ३० माघमा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार जिल्लाको नाै नगरपालिकामध्ये बोदेबरसाइन नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ।

बोदेबरसाइन नगरपालिकाले ५१.८  प्रतिशत  अंक ल्याएर पहिलो हुँदा सुरुङ नगरपालिका  ४९.५ प्रतिशत अंक लिएर दोस्रो भएको  भएको तथ्यांकमा उल्लेख छ।

हनुमाननगर कंकालिनीले  ४७.१ प्रतिशत अंक पाएको छ । कञ्चनरूपले  ४७.३ प्रतिशत, खडक नगरपालिकाले ४६.३ प्रतिशत, शम्भुनाथ नगरपालिकाले ३७.९ प्रतिशत, डाक्नेश्वरी नगरपालिकाले २९.८ प्रतिशत अंक पाएको छ । राजविराज नगरपालिकाले ३६.९ प्रतिशत अंक पाएको छ ।

सुझावित समाचार