नेप्से १९ अंकले बढ्दा नौ अर्बभन्दा बढीको सेयर कारोबार

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। आज आइतबार नेप्से १९.५६ अंकले बढेर दुई हजार ६९८.०३ को विन्दुमा कायम भएको हो।

आज ३०९ कम्पनीको दुई करोड नौ लाख ८४ हजार चार सय ४० कित्ता सेयर ९६ हजार २८२ पटक खरिद–बिक्री हुँदा रु. नौ अर्ब ४७ करोड तीन लाख आठ हजार २६६ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा म्युचुअल फन्ड ०.११ र निर्जीवन बिमा १.१५ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । वित्त समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ । बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटेल तथा पर्यटन १.९५ र जलविद्युत् ०.३६ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी १.१७, जीवन बिमा ०.३९, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त १.८६, व्यापार ०.२५ र अन्य समूह ०.३८ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ३३ करोड ५४ लाख ७५ हजार १२९ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै एनआइबिएल स्टेबल फन्डको सात लाख ११ हजार ३८४ कित्ता सेयर किनबेच भएको छ।

सुझावित समाचार