सेलट्रोन नेपाल प्रालिले सबभन्दा बलियो स्मार्ट फोन अनर एक्स–९सी फाइभजी नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले यसअघि एक्स–९बी फाइभजी सेगमेन्ट अब्बल साबित भएको भन्दै नयाँ मोडेल ल्याउन लागेको हो ।
यसअघिको फोनमा ५८०० एमएएच ब्याट्री, ३६० डिग्री एन्टी ड्रप सुरक्षा, १०८ मेगापिक्सेल क्यामरा र आकर्षक डिजाइन रहेको थियो । नयाँ अनर एक्स–९सीमा कम्पनीले ब्याट्री, क्यामरालगायत धेरै कुरा सुधार गरिएकोे जनाएको छ ।