१२औँ दिनसम्ममा १३ लाख किशोरीले लगाए एचपिभी खोप

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानका क्रममा हालसम्म १३ लाख किशोरीले खोप प्राप्त गरेका छन्। २२ माघमा सुरु भएको अभियान ६ फागुनमा सम्पन्न हुँदै छ। यस अवधिका सरकारले करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ।  

अभियानलाई सफल पार्न खटिने सबै स्वास्थ्यकर्मी, सहयोगी विद्यालयलगायत सबैलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले धन्यवाद ज्ञापन गरेका छन्। ६ फागुनभित्र खोप लगाउन छुटेका ६ देखि १० कक्षासम्मका छात्रा र १० देखि १४ वर्षका किशोरीहरूलाई समेत खोप दिने कार्यमा सहयोग गर्न स्वास्थ्यमन्त्री पौडेलले सरोकारवालाहरूलाई अनुरोध गरेका छन्। 
 

सुझावित समाचार