रुपन्देहीमा गाँजा र चरेससहित सातजना पक्राउ

शनिबार, ३ फागुन, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो ।

प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर-४, वडा नम्बर-८ र तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ मा लागु औषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा लागु औषध र कारोबारमा संलग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए ।

प्रहरीले धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षीय दीपक तामाङ, सोही स्थानका ३६ वर्षीय सुनबहादुर तामाङ, ३१ वर्षीय नक्कलबहादुर तामाङ, ४१ वर्षीय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर-४ आदर्शनगर बस्ने २५ वर्षीय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २३ वर्षीय २३ दीलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय जीवनाथ पाण्डे रहेका छन् । प्रहरीले लागुऔषध कारोबारमा संलग्न उनीहरुको थप अनुसन्धान भइरहेको जनाएको छ ।     

See More On

सुझावित समाचार