चार गल्फर एसिया ग्रान्ड फाइनलमा छनोट

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपअन्तर्गत १७–२१ वर्ष उमेर समूहको उपाधि जितेका छन् । यससँगै उनी भियतनाममा हुने फाल्डो जुनियर टुर एसिया ग्रान्ड फाइनलमा छनोट भएका छन् ।

यसैगरी, १७–२१ वर्ष उमेर समूहमा दोस्रो भएका प्रकृत तामाङ पनि छनोट भए । १२–१६ वर्ष उमेर समूहमा सिद्धान्त सापकोटा र महिला १२–२१ उमेर समूहमा अभानी राई पहिलो भए । सापकोटा र राईले एसिया ग्रान्ड फाइनलमा स्थान बनाएका छन् । 

सदभावले रोयल नेपाल गल्फ क्लबमा समग्रमा २ अन्डर २०२ को स्कोर गर्दै उपाधि हात पारेका हुन् । दोस्रो स्थानमा रहेका प्रकृत २१ स्ट्रोकले पछि परे । सदभावले फ्रन्ट नाइनमा इभन पार खेल्दै ३४ स्कोर गरे । उनले ब्याक नाइनमा २ अन्डर ३२ स्कोर गरे । प्रकृतले समग्रमा १९ ओभर २२३ स्कोर गरे । उनले फ्रन्ट नाइनमा ३८ र ब्याक नाइन ६ ओभर ४० स्कोर गरेका थिए । 

पुरुष १२–१६ वर्ष उमेर समूहतर्फ सिद्धान्तले पहिलो स्थान हात पार्दा ५ ओभर ७३ को स्कोर गरे । उनले सोहम अग्रवाल र इधान्तसिंह साउदलाई हराए । महिलातर्फ १२–२१ वर्ष उमेर समूहमा अभानीले समग्रमा २५४ स्कोर गरिन् । उनले अनभद्धया मल्ललाई २८ स्ट्रोकले हराइन् । 

See More On

सुझावित समाचार