माओवादीले ०६४ को शान्तिपूर्ण क्रान्तिलाई क्याच गर्न सकेन : विप्लव

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०६४ सालमा माओवादीलाई नेपाली जनताले दिएको जनमत क्याच गर्न नसकेको बताएका छन्। 

०६४ मा शान्तिपूर्ण क्रान्ति भएको बताउँदै उनले जनताले जुन आशा र विश्वास दिएका थिए, त्यसलाई माओवादीले थेग्न नसकेको बताए। त्यसलाई थेग्न नसक्नु नै माओवादीको ठुलो भुल भएको उनको भनाइ छ।

बुधबार साँझ सल्यान उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा नेता चन्दले यस्तो बताएका हुन्। उनले भने, ‘माओवादीमा जनताको पक्षमा काम गर्ने हुटहुटी भएर पनि कार्यान्वयन गर्न सकेन।’ अरू पार्टीलाई गाली गर्नुभन्दा आफ्नै कमजोरीका कारण जनताले दिएको भार थेग्न नसकेको उनको भनाइ छ। 
 

सुझावित समाचार