विप्लव नेकपासँग एकता हुन्छ : महरा

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण

माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता हुने बताएका छन् । दाङको देउखुरीमा सोमबार प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै महराले ढिलोचाँडो विप्लवसँग एकता हुने बताए । ‘अलि ढिलो होला, तर हामी एक ठाउँ हुनुपर्छ,’ उनले भने । 

प्रेस सेन्टर लुम्बिनीको अधिवेशनले प्रदीप वाग्लेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उपाध्यक्षमा भूपेन्द्र वली, समावेशी उपाध्यक्षमा चिन्ता परियार, महिला उपाध्यक्षमा देवी गुरुङ, महासचिवमा कमल रायमाझी, सचिवमा तिलाचन पार्दे, महिला सचिवमा अनिता पोख्रेल, जनजाति सचिवमा जितेन्द्र बुढा, दलित सचिवमा भरत नेपाली, सचिवमा जीवलाल सुवेदी र कोषाध्यक्षमा प्रकाश वैद्य छन् । त्यस्तै लेखा समिति संयोजकमा मीन अधिकारी चयन भएका छन् ।

See More On

सुझावित समाचार