एनएसजेएफ अग्रज पत्रकारिता पुरस्कारबाट भण्डारी र युवा पत्रकारिता पुरस्कारबाट सापकोटा सम्मानित

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले २९औँ स्थापना दिवसका अवसर पारेर सोमबार ललितपुरको कोरियन बारबिक्युमा आयोजित कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो।

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा अवार्ड दिँदै आएको छ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य रवि महर्जन, एनएसजेएफका कार्यबाहक अध्यक्ष निरन्जन अधिकारी र महासचिव प्रज्ज्वल ओलीले वरिष्ठ पत्रकार भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे।

त्यस्तै, खेलकुदमन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका थिए। 

सुझावित समाचार