प्रहरीमाथि प्रधानमन्त्रीको टिप्पणी : सुन तस्करहरूले भेट्यो भने प्रहरीलाई हप्काइदिन्छ

आइतबार, २६ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सुन तस्करले पनि प्रहरीलाई हप्काउन थालेको बताएका छन्। शनिबार नेपाल पुलिस  क्लबको भवन उद्घाटनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

उनले भने, ‘अहिले त लाजशरम भन्ने कुरै छैन, सुन तस्करहरूले भेट्यो भने प्रहरीलाई हप्काइदिन्छ। झोलाभरि सुन हुन्छ, तर प्रहरीलाई उल्टै हप्काइदिन्छ ।’ तस्करहरूले, ठगहरूले, भ्रष्टहरूले त्यसविरुद्धका मान्छेहरूलाई हप्काउने गरेको उनको भनाइ थियो । 

दृढ भएर काम गर्न निर्देशन दिँदै उनले सरकारको तर्फबाट काम गर्न कुनै पनि प्रकारको हस्तक्षेप नहुने बताए। 

सुझावित समाचार