दिल्लीमा केजरिवालको पार्टी हार्न सक्ने प्रक्षेपण

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

भारतको राजधानी क्षेत्र समेटिएको ‘युनियन टेरिटोरी’ दिल्लीमा बुधबार विधानसभा निर्वाचन भयो । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी दल ‘भारतीय जनता पार्टी (भाजपा)’ र आम आदमी पार्टी(आप)बिच कडा प्रतिस्पर्धा हुने अपेक्षा छ ।

निर्वाचन समाप्त भएपछि जारी अधिकांश एक्जिट पोलाहरूले भने यस पटक भाजपाले आपलाई उछिन्ने सम्भावना देखाएका छन् । आफ्नो एक्जिट पोलमा ‘डिभी रिसर्च’ले भाजपाले ३६ देखि ४४ सिट जितेर स्पष्ट बहुमत ल्याउने र दोस्रो स्थानको आपले २६ देखि ३४ सिट ल्याउने बताएको छ ।

‘पोल डायरी’को एक्जिट पोल नतिजा अनुसार भाजपाले ४२ देखि ५० सिट जित्ने र आप १८ देखि २५ सिटसहित दोस्रो स्थानम रहने देखाएको छ । ‘चानक्य स्ट्रेटेजी’को पोल नजिताले पनि भाजपाले बहुमत ल्याउने प्रक्षेपण गरेको छ । यी सबै मतसर्वेक्षणले कंग्रेसले भने धेरैमा तीन सिट जित्ने देखाएको छ । केही पोलमा भने आप भाजपाभन्दा अगाडि देखिएको छ ।

सुझावित समाचार