सुनको मूल्य तोलामा २२ सयले बढ्यो

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर एक लाख ६६ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा एक हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा एक हजार ९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सुझावित समाचार