बागमतीका दायाँबायाँ सार्वजनिक जग्गामा बनेका अवैध संरचना ७ दिनभित्र हटाउन प्राधिकरणको सूचना, अन्यथा कारबाही गर्ने

मंगलबार, २२ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौंको बागमती खोलाको दायाँबायाँ सार्वजनिक जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले सूचना टाँसेको छ। मंगलबार प्राधिकरणले बागमती करिडोरका विभिन्न स्थानमा यस्तो सूचना टाँसेको छ। 

‘बागमती खोलाको दायँबायाँ क्षेत्रभित्रका सरकारी वा सार्वजनिक जग्गामा मापदण्डविपरीत निर्मित घर, टहरा र अन्य अवैध संरचना सात दिनभित्र हटाउन वा खाली गर्नुहुन जानकारी गराइन्छ,’ प्राधिकरणले बागमती किनारामा टाँसेको सूचनामा उल्लेख छ। खोलाआसपासका सरकारी, सार्वजनिक जग्गामा बनेका संरचना एक साताभित्र नहटाए प्राधिकरण ऐनबमोजिम कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ। 

अहिले प्राधिकरणले काठमाडौंमा मिचिएका सरकारी, सार्वजनिक जग्गाको खोजीनिती थालेको छ। सरकारी, सार्वजनिक जग्गामा निजी आवासदेखि व्यावसायिक संरचनासमेत बनेको भेटिएपछि त्यसलाई खाली गरी सरकारको नाममा ल्याउने अभियान प्राधिकरणले थालेको छ। बागमती किनाराका ठुलो मात्रामा जग्गा व्यक्ति र समूहहरूले हडपेका छन्।

सुझावित समाचार