हेटौँडामा ७२ कन्याको सामूहिक बेल विवाह

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

हेटौँडामा नेवार समुदायका ७२ कन्याको सामूहिक बेल विवाह सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा इही यज्ञ (सुवर्ण कुमार बेल विवाह) गुठीको आयोजनामा बेल विवाह आयोजना गरिएको हो।

यस वर्ष आइतबार र सोमबार दुई दिन बेल विवाह कार्यक्रम आयोजना गरेको गुठीले जनाएको छ। गुठीका अनुसार दुई दिनमा ७२ कन्याको बेल विवाह सम्पन्न गरिएको हो।

नेवार समुदायमा बेल विवाह महत्त्वपूर्ण कर्मको रूपमा मानिने गुठीका अग्रज हरिशरण श्रेष्ठले बताए। रजस्वला हुनुअघि कन्याको बेल विवाह गर्ने परम्परा छ। उनका अनुसार हेटौँडामा बसोबास गर्दै आएका नेवार समुदायले लामो समयदेखि सामूहिक रूपमा बेल विवाह गर्दै आएका छन्। गुठीले हेटौँडामा ०२९ सालदेखि नै सामूहिक बेल विवाहको आयोजना गर्दै आएको गुठीका अग्रज श्रेष्ठले जानकारी दिए।
 

सुझावित समाचार