नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

नेदरल्यान्ड्सले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा घरेलु टोली नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि सीता रानामगरले एक्लै पाँच विकेट लिइन् । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १४० रन बनायो । 

नेदरल्यान्ड्सकी कप्तान बबेट डी लिडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रन बनाइन् । हेथर सिइगेर्सले २६, ओपनर फेवे मोइकेन्बोइरले २१ रनको योगदान गरेका थिए । 

नेपालका लागि सीता रानामगरले तीन ओभरमा १२ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारिन् । मनीषा उपाध्यायले चार ओभरमा ३१ रन खर्चिएर दुई विकेट लिएकी हुन् । कविता जोशी र कप्तान इन्दु बर्माले समान एक विकेट लिए । सीताले १८औँ ओभरमा तीन विकेट लिन सफल भएकी थिइन् । 
नेपाल यसअघि भएको नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको दुवै खेलमा पराजित भइसकेको छ । उपाधि सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाबमा नेपाल छ । 

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रन र दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो । थाइल्यान्डले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो ।

सुझावित समाचार