७७ देशका ११८ प्रतिनिधिले गरे महाकुम्भ मेलाको भ्रमण

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

सतहत्तर देशका नियोग प्रमुख र कूटनीतिज्ञसहित ११८ सदस्यीय प्रतिनिधिमण्डलले महाकुम्भको भ्रमण गरेका छन् । शनिबार प्रयागराजमा उनीहरूले भ्रमण गरेका हुन् । यसअघि परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विदेशी कूटनीतिज्ञले फेब्रुअरी १ मा हुने महाकुम्भ मेलाको भ्रमण गर्ने बताएका थिए ।

यसैबिच, मौनी अमावस्याका अवसरमा चलिरहेको महाकुम्भमा भएको भागदौडको छानबिन गर्न गठित तीन सदस्यीय न्यायिक आयोगले शुक्रबार प्रयागराजस्थित स्वरूप रानी नेहरू अस्पतालको निरीक्षण गरेको छ । संगममा बुधबार बिहान भएको दुःखद घटनामा कम्तीमा ३० जनाको मृत्यु र ६० जना घाइते भएका थिए । यस सम्बन्धमा जारी सूचनामा आयोगलाई भागदौडको कारण र परिस्थितिबारे अध्ययन गरी भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिने जिम्मा दिइएको छ ।

आयोग गठन भएको एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउनुपर्छ । उत्तर प्रदेश सूचना विभागका अनुसार महाकुम्भमा २९ करोड ६४ लाखभन्दा बढी भक्तले पवित्र संगममा स्नान गरेका छन् । महाकुम्भ मेला हिन्दु पौराणिक कथामा आधारित छ । यो विश्वको सबैभन्दा ठुलो सार्वजनिक जमघट हो । महाकुम्भ वेबसाइटका अनुसार मण्डलीमा मुख्यतया तपस्वी, सन्त, साधु, साध्वी, कल्पवासी र जीवनका सबै क्षेत्रका तीर्थयात्री सामेल छन् । 

सुझावित समाचार