नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको उपाधि पुरुषतर्फ रामचन्द्र महतारा र महिलातर्फ सोन्या मार्टिनले जितेका छन्।
शनिबार रानीकोटमा सुरु भएर फर्पिङमा सम्पन्न भएको ३५ किमि दौडअन्तर्गत रामचन्द्रले निर्धारित दूरी चार घन्टा २४ मिनेट ५८ सेकेन्डमा पूरा गरे। विशाल गुरुङ चार घन्टा २९ मिनेट ४ सेकेन्ड समय लगाएर उपविजेता र राजा महतारा चार घन्टा ३३ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर तेस्रो स्थान प्राप्त गर्न सफल भए।
महिलातर्फ च्याम्पियन बनेकी सिनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरेकी हुन्। यसैगरी, उपविजेतामा चित्त बुझाएकी सोन्या मार्टिनले पाच घन्टा १४ मिनेट र ८ सेकेन्डसहित दोस्रो र अनिशा गुरुङ तेस्रो भइन्।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कुल ५४ जना सहभागिता रहेको थियो।