कांग्रेसद्वारा अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेको छ। 

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर बड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन्।

मनोनयनमा पर्नेहरूमा राजकुमार पाण्डे (काठमाडौं),  ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेलधुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौं), सरिता बिसी (रुकुम पूर्व), विजयजंग बस्नेत (मोरङ), प्रेमबहादुर विक (नवलपरासी), सञ्जीव पुडासैनी(गोरखा) र सपूतबहादुर कार्की (रौतहट) रहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

सुझावित समाचार