सुनको मूल्य घट्यो

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

सुझावित समाचार