सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छ : गृहमन्त्री

बुधबार, १६ माघ, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले मुलुकमा सुशासनसहितको विकास र आर्थिक समृद्धिको यात्रामा वर्तमान सरकार निरन्तर लागिरहेको बताएका छन् ।

राष्ट्रिय सहिद दिवसका अवसरमा संघीय सरकारद्वारा आज सिंहदरबार परिसरमा आयोजित मूल समारोहमा उनले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै देशमा दिगो शान्ति, सुशासन, समृद्धि, स्थायित्व र विकासको मार्गलाई सुदृढ गर्दै जानु राष्ट्रिय दायित्व भएको उल्लेख गरे ।

गृहमन्त्री लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सदभाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने कार्यमा जुट्नुपर्नेमा जोड दिए ।

सुझावित समाचार