सुनको मूल्य तोलामा नाै सयले घट्यो

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा नाै सय रुपैयाँले घटेको हो । 

आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, सोमबार एक  हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुझावित समाचार