डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकाको नेतृत्व सम्हालिरहँदा आगामी दिनमा द्वन्द्व, बहुपक्षीय–द्विपक्षीय आर्थिक सहयोगको ढाँचा, व्यापार, जलवायु परिवर्तनलगायतका क्षेत्रमा हुनेछ उथलपुथल
संसार अस्तव्यस्तको युगमा छ, चाहे राजनीति होस्, अर्थतन्त्र होस् वा प्रविधि क्षेत्र । यस्तो कुनै पनि युगमा अनिश्चितता बढ्छ । विभिन्न राष्ट्रबिचको प्रतिस्पर्धामा त्यहाँ अनिवार्य रूपमा विजेता र पराजित हुनेछन् । सामान्य रूपमा व्यापार वा यथास्थिति कायम राख्नु एक सुरक्षित विकल्पजस्तो लाग्न सक्छ, तर यो होइन । अस्तव्यस्तलाई अंगीकार गर्न सक्ने र त्यसबाट फाइदा लिन पर्याप्त चलाखी गर्ने राष्ट्र मात्र सफल हुन्छन् । यस्तो अवस्थामा अब भारतले के गर्नुपर्छ ?
डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको नेतृत्व सम्हालेपछि विश्वव्यापी राजनीति असामान्य अवस्थामा देखिएको छ । विभिन्न संकेतका आधारमा उनको दोस्रो कार्यकाल अझै बढी अस्तव्यस्त र विघटनकारी हुने सम्भावना छ । चाहे द्वन्द्व, बहुपक्षीय–द्विपक्षीय आर्थिक ढाँचा वा जलवायु परिवर्तनकै सवालमा किन नहोस् अगामी दिनमा विश्वव्यापी व्यवस्था अप्ठ्यारो हुने प्रबल सम्भावना छ । ट्रम्पका मुख्य सहयोगी टेक अर्बपति इलन मस्क छन् । युगको सबैभन्दा विघटनकारी उद्यमी मस्कले अब विश्वव्यापी राजनीतिमा प्रभाव जमाउने अभियानमा छन् । दुवैजनाले अमेरिकालाई मात्र होइन विश्वलाई नै आफ्नो विश्वदृष्टिकोण र रुचिअनुसार परिवर्तन गर्न चाहन्छन् । तर, यो कति सम्भव छ ?
अहिले विश्व अर्थतन्त्र कठिन चरणबाट गुज्रिरहेको छ । विश्व अर्थतन्त्रको एउटा नक्षत्र मानिएको भारत पनि सुस्त हुँदै गएको छ । विश्वभरको प्रमुख नीतिगत प्रतिक्रिया भनेको खुलापनमा लामो समयदेखिको सहमतिलाई त्याग्नु र आन्तरिक रूपमा (गोप्य रूपमा) समझधारी गर्नु हो । लगभग प्रमुख अर्थतन्त्र भएका हरेक देशले आत्मनिर्भरताको कुनै न कुनै रणनीति बनाइरहेको छ । तर, यसको अर्थ बाहिरी संसारलाई पूर्ण रूपमा अस्वीकार गर्नु भन्ने होइन । यसको अर्थ हो सहुलियतमा बढी पारस्परिकताको आवश्यकता र राजनीतिक रूपमा गठबन्धन भएका साझेदारहरूलाई प्राथमिकता दिनु हो ।
एउटा अनिश्चित विश्व
यतिवेला विश्वमा एउटा ठुलो विघटनकारी औद्योगिक क्रान्ति चलिरहेको छ । कृत्रिम बौद्धिकता (एआई) र अन्य स्वचालित प्रविधिहरूको निरन्तर वृद्धिले परम्परागत रोजगारीको भविष्यमा प्रश्नचिह्न खडा गरिरहेको छ । यसले एकपछि अर्को नयाँ चुनौती खडा गरिरहेको छ । जस्तै, महत्वपूर्ण खनिजहरूको आपूर्ति शृंखला सुरक्षित गर्न आवश्यक छ, जुन उदीयमान प्रविधिहरूको आधार वा सार हो ।
यो एक कठिन संसार हो । तर, अनिश्चिततामा पनि त्यहाँ केही निश्चितता छन्, जसबाट प्रचुर लाभ उठाउन सकिन्छ । विशेषगरी भारतले यस्तो लाभ उठाउन सक्छ । ट्रम्प र मस्क दुवैले भारतको उच्च शुल्कलाई सकारात्मक रूपमा हेर्ने सम्भावना छैन । तर, तिनीहरूको स्वार्थमा अवसर पनि छ । उनीहरू दुवैले भारतलाई अमेरिकी लगानीको गन्तव्यका रूपमा सकारात्मक रूपमा हेर्नेछन् । र, यसले अमेरिकामा निर्यातका लागि ठुलो बजार पहुँचका लागि ढोका खोल्नेछ ।
भारतका लागि उत्पादन क्षेत्रमा चीन–प्लस–वन (एउटा यस्तो व्यापार रणनीति, जहाँ कम्पनीहरूले आफ्नो आपूर्ति शृंखलामा चीनभन्दा बाहिर लगेर आफ्नो उत्पादनलाई विविधीकरण गर्छन्) भावनाको पूर्ण उपयोग गर्ने उत्तम मौका ट्रम्पको राष्ट्रपतिको कार्यकालमा हो । यद्यपि, यसका लागि भारतमा केही नीतिमा परिवर्तनको आवश्यक पर्न सक्छ । जसअन्तर्गत असमान्य रूपमा उच्च मानिएका केही क्षेत्रमा शुल्क घटाउने पर्छन् । यसले प्रक्रिया र क्लियरेन्सको कठोर सरलीकरणको आवश्यकता पनि हुन सक्छ । जटिलता र ढिलाइ विदेशी लगानीकर्ताहरूका लागि अराजकता हो । यसले सरोकारवालामा अन्योल ल्याउँछ ।
विश्वव्यापी आर्थिक मन्दीले भारतको निर्यातलाई असर गर्छ, तर यसले भारतको आठ प्रतिशत वृद्धिको सम्भावनालाई घटाउने छैन । फेरि, सामान्य रूपमा व्यापारमा अवरोध आवश्यक हुन सक्छ । मध्यम वर्गलाई पर्याप्त कर राहतले घरेलु उपभोगलाई बढावा दिनेछ, जुन विगत केही त्रैमासिकदेखि सुस्त छ । मागको वृद्धिले निगमहरूको पुँजीगत योजनाहरूलाई तीव्र पार्नेछ र निजी लगानीमा वृद्धि हुनेछ । पछिल्लो समयमा निजी लगानीमा पनि हस आएको छ ।
प्रविधिमा अवरोध र रोजगारीमा यसको प्रभावको जवाफ स्पष्ट छैन । यो प्रभाव समयसँगै विशेष तरिकाले विकसित हुनेछ । तर, यो स्पष्ट छ कि भविष्यका कामहरूको प्रकृतिलाई मनन गर्दा धेरै सीप आवश्यक पर्नेछ । विशेषगरी, संख्या, आधारभूत गणित र विज्ञान सीपका प्रमुख क्षेत्र हुनेछन् । भारतको विद्यालय शिक्षालाई प्राथमिक लक्ष्यको रूपमा सिकाइमा आमूल परिवर्तन गर्न आवश्यक छ (केवल विद्यार्थीलाई विद्यालयमा भर्ना गर्नुको सट्टा) । केन्द्र र राज्यहरू आगामी पुस्तालाई भविष्यका लागि तयार बनाउन
एकजुट हुनुपर्छ ।
तीव्र ढंगले काम होस्
विश्वमा अझै पनि निश्चितताभन्दा बढी अनिश्चितता हुनेछ । सबै चुनौतीको पहिल्यै भविष्यवाणी गर्न सकिँदैन । बजार शक्ति र सरकारबिच कुनै तुलना छैन । आफ्नो सरकारलाई ध्रुवीय स्थितिमा राख्ने देशहरूभन्दा बजार र उद्यमशीलतालाई धेरै जोड दिने देशहरू बढी सफल हुन्छन् ।
यो युरोप र अमेरिकामा व्यापक रूपमा भिन्न आर्थिक परिणाममा पहिले नै स्पष्ट छ । अमेरिकाभन्दा धेरै तथ्यांकवादी युरोप वास्तविक गिरावटमा छ । अमेरिकाको कथित गिरावटले समाचारको शीषर्क बनाउँछ, तर धेरै बढाइचढाइ गरिएको छ । पूर्वी एसियाले दक्षिण एसियाको तुलनामा राम्रो गरेको छ किनभने यो बजार शक्तिका लागि खुला छ । भारतमा, राजनीतिक अर्थतन्त्र अझै पनि निजी क्षेत्रको तुलनामा सरकारको पक्षमा छ ।
(नड्ढयर भारतको नेचुरल रिसोर्स टेक्नोलोजी वेदान्तका प्रमुख अर्थशास्त्री हुन्)
– एनडिटिभीबाट