पार्टी प्यालेसबाट १४ लाख ७४ हजार चोरीको आरोपमा दुईजना पक्राउ परेका छन्।
पोखरा– ८ सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालयबाट गत ११ माघमा चोरी गरेको आरोपमा रुपन्देहीका ईश्वर श्रेष्ठ र स्याङ्जाकी पूजा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट चोरी गरेको १२ लाख ५२ हजारसमेत बरामद भएको कास्कीका डिएसपी वसन्त शर्माले बताए।