चितुवाको आक्रमणबाट छाउगोठमा बसेकी महिला घाइते

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

कैलालीको मोहन्याल गाउँपालिकामा छाउगोठमा बसेकी एक महिला चितुवाको आक्रमणबाट घाइते भएकी छिन्।

मोहन्याल गाउँपालिका– ७ कुइनेकी ४० वर्षीया एकल महिला चितुवाको आक्रमणबाट घाइते भएकी हुन्। आइतबार राति छाउगोठमा सुतेका वेला उनलाई चितुवाले आक्रमण गरेको हो।

चितुवाको आक्रमणबाट उनको टाउको र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते महिलाको लम्कीस्थित लालरत्न मेडिकलमा उपचार गरिएको छ। मोहन्याल गाउँपालिका विकट पहाडी क्षेत्रमा पर्छ।
 

सुझावित समाचार