अखिल क्रान्तिकारीको मतगणना स्थगित

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को निर्वाचनको मतगणना स्थगित भएको छ। काठमाडौंको वाल्मीकि क्याम्पसमा जारी मतगणनाका क्रममा मतपेटिकामा दुईवटा रंगको मसी प्रयोग भएको पाइएपछि गणना स्थगित गरिएको हो।

‘मतपत्रमा रातो र कालो मसी प्रयोग भएपछि मान्ने कि नमान्ने भन्ने विवाद छ,’ उपाध्यक्षमा खुलातर्फका उम्मेदवारमध्येका देवेन्द्र शर्माले नयाँ पत्रिकासँग भने।

संगठनकाे अध्यक्षमा पाँचजना चुनावी मैदानमा छन्। उपाध्यक्षमा खुलातर्फ चारजनाका लागि २० जना प्रत्याशी छन्। 

सुझावित समाचार