पाँच महिनापछि सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन १८ माघको १ बजेदेखि सुरु हुँदै छ ।
अधिवेशनकै पहिलो दिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्न लागेका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
अधिवेशनको तयारीका लागि माघ १५ गते १ बजे एमाले संसदीय दलको बैठकसमेत बस्दै छ।