यसरी हुँदै छ सानो गौचरन रंगशालाको पुनर्निर्माण [तस्बिरहरू]

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सानो गौचरनस्थित रंगशाला पुनर्निर्माणको काम तीव्र रूपमा गरिरहेको छ। पुनर्निर्माणपछि सानो गौचरन रंगशालाको खेल मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटरको हुनेछ। 

मैदानमा अकासे पानी निकास प्रणालीसहित कृत्रिम घाँस राखिनेछ। वरिपरि सीमा पर्खाल बन्नेछ। रंगशालामा २८ वटा चारपांग्रे र १७८ वटा दुईपांग्रे सवारीसाधन अट्ने गरी पार्किङस्थल हुनेछ।

गौचरनको भुइँतलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन्। निर्माण पक्षले आगामी चैत मसान्तभित्र पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार