जसपाको केन्द्रीय समिति बैठक सुरु

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । शनिबार पर्साको वीरगन्जस्थित पूजन होटेलमा केन्द्रीय अध्यक्ष अशोक राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव एवं संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।

'हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ,' यादवले भने, 'बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयमा गहन छलफल गर्नुका साथै पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइनेछ ।'

बैठकमा केन्द्रीय अध्यक्ष राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष माननीय सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बू, महासचिव मोहम्मद इस्तियाक राई, सचिव माननीय वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झाको सहभागिता रहेको बताइएको छ।

उक्त बैठक दुई दिनसम्म सञ्चालन हुने जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ।

सुझावित समाचार