नेप्से परिसूचक ११.१० अंकले घट्यो

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ११.१० अंकले घटेर दुई हजार ६५४.३५ मा कायम भएको छ । आज ३१८ कम्पनीको एक करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर ८४ हजार सातपटक खरिद–बिक्री हुँदा रु. सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ को कारोबार भएको हो । 

आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १४९ को घटेको  छ भने आवटा कम्पनीको सेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको रु. ३० करोड ८९ लाख २९ हजार ६५ बराबरको सेयर किनबेच भएको छ भने कारोबार भएका सेयर संख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको पाँच लाख सात हजार ३११ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

सुझावित समाचार