आठ वर्षसम्म अलपत्र चोभारको फलफूल थोक बजार [फाेटाेफिचर]

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

१३ महिनामा सक्ने गरी काठमाडौंको चोभारमा बेग्लाबेग्लै शीतभण्डारसहितको फलफूल र फूलको थोक तथा खुद्रा बजार निर्माण आठ वर्ष सकिँदा पनि अलपत्र अवस्थामा छ ।

पटकसम्म म्याद थपको सुविधा पाएर पनि काममा ढिलासुस्ती गरेपछि सरकारले ठेक्का नै तोड्ने निर्णय गरेकोमा अदालतबाट थमौती पाएको ठेकेदारले तीन महिनायता त काम पूर्ण रूपमा रोकेको छ ।

महादेव खिम्ती निर्माण सेवा, अनक कन्स्ट्रक्सन र बंगलादेशको साम्सोजामोन कन्स्ट्रक्सनले संयुक्त (जेभी) रूपमा ३५ करोडको यो ठेक्का ०७३ असोजमा हात पारेका थिए । महादेव खिम्ती निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार