वर्तमान सरकार भ्रष्टाचारी र आफ्नालाई बचाउने काममा लाग्याे : प्रचण्ड

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी र आफ्नालाई बचाउने, राम्रो काम गर्ने संस्था र मान्छेलाई हटाउने काम गरेको आरोप लगाएका छन् ।

प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारले आफ्नालाई र भ्रष्टचारीलाई बचाउने काम गरेको आरोप लगाएका हुन् । प्रचण्डले भने, ‘यो गठबन्धनको सरकार गठन हुने समयमा मैले भनेको कुरा अहिले साबित हुँदै गएको छ ।’ 

आफू सरकारबाट बाहिरिँदा भनेका विषयहरू अहिले लागू भएको उनको भनाइ थियो । ‘सरकारप्रति आफूहरूको कुनै अभिरुचि छैन,’ उनले भने, ‘वर्तमान सरकार अवैध तरिकाले बनेकाले धेरै टाढा जाँदैन ।’

सरकारले अध्यादेशबाट देश सञ्चालन गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले समितिमा छलफल भइरहेका विधेयक अध्यादेशमार्फत ल्याएर गलत गरेको बताए । संसद्लाई छल्दै संवैधानिक र लोकतान्त्रिक व्यवस्थालाई मिचेर अध्यादेश ल्याइनु गलत रहेको उनको भनाइ थियो ।

See More On

सुझावित समाचार