अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य

बुधबार, ९ माघ, २०८१
डिजिटल संस्करण

अस्ट्रेलियाले आइसिसी यू-१९ टी-२० विश्वकपमा नेपाललाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। दुवै टिमले समूह चरणको आफ्नो अन्तिम खेल खेलिरहेका छन्। 

मलेसियामा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनायो।  

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रन बनाइन्। एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन बनाए। 

नेपालका लागि कप्तान पूजा महतोले तीन विकेट हात पारिन्। सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए।

जवाफी ब्याटिङ गरिरहेको नेपालले चार ओभरमा एक विकेट गुमाएर १३ रन जोडेको छ।

सुझावित समाचार