ज्योति क्यापिटलको सञ्चालकमा श्रेष्ठ

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

ज्योति क्यापिटलको सञ्चालक पदमा उमा श्रेष्ठ नियुक्त भएकी छिन् । क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले ज्योति विकास बैंकबाट मनोनीत भई आएकी बैंककी प्रमुख वित्त अधिकृत श्रेष्ठलाई क्यापिटलको सञ्चालकमा नियुक्त गरेको हो । 

बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा १२ वर्षभन्दा बढी अनुभवी श्रेष्ठसँग ज्योति विकास बैंकमा उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर गरेकी छिन् । 

नवनियुक्त सञ्चालक श्रेष्ठको लामो कार्य–अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्ने क्यापिटलको विश्वास छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।

सुझावित समाचार