कपिलवस्तुको जंगलबाट बेवारिसे अवस्थामा ४३ किलो गाँजा बरामद

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ टाकुबाट ४३ किलो २४ ग्राम बेवारिसे गाँजा बरामद भएको छ। टाकुस्थित मर्सी गाउँमा गाँजाको अवैध ओसारपसार र कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । 

सोमबार मर्सी जङ्गलको एउटा रुखको फेदमा प्लास्टिकका तीन बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनमणि अधिकारीले बताए । 

गाँजाको अवैध कारोबारमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार