देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस चल्ने

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

लुम्बिनी विकास कोषले देवदहदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने भएको छ। गत ४ पुसदेखि सञ्चालन सुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरूको सेवालाई मध्यनजर गरी सोमबारदेखि देवदहबाट सञ्चालन गर्न लागिएको हो। 

देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया एयरपोर्ट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म सीधा बिजुलीबस सञ्चालन गर्न लागेको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले बताए। उनका अनुसार साताको तीन दिन देवदह र तीन दिन रामग्रामबाट बिजुलीबस सञ्चालन गर्ने गरी नयाँ रुट बनाइएको हो।

कोषाध्यक्ष भट्टराईले कोषले बृहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिने गरी बिजुली गाडी ल्याइएको र अहिले दानपेटिका राखेर सञ्चालन गरिएको बताए। 
 

सुझावित समाचार