कांग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुंगानजिक उनीमाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको कांग्रेसले जनाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि सरकारसँग माग गरेका छन् ।     
 

सुझावित समाचार