महिला टिमसँगै नेपालको पुरुष टिम पनि खो खो विश्वकपको फाइनलमा स्थान बनाएको छ। शनिबार भारतको इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा इरानलाई ७२–२० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। शुक्रबार भएको क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ ले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो।
नेपाल समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले चार खेलबाट ६ अंक जोडेको हो। नेपाल भारतसँग पहिलो खेलमा ४१–३७ पराजित भएको थियो। दोस्रो खेलमा नेपालले ब्राजिललाई १३४– ८ ले हराउँदै विश्वकपमा स्थान बनाएको हो। दोस्रो खेलमा पेरूलाई ८०–३४ र भुटानलाई ९८–८ ले हराएको थियो।
आज नै भएको महिलातर्फ जित निकाल्दै नेपालको महिला टिम पनि फाइनलमा स्थान बनाएको छ। नेपालले युगान्डालाई ८९–१८ ले हराएको हो। महिला टोली प्रतियोगिता अपराजित छ। नेपाल समूह ‘सी’ को विजेता बनेको थियो।
महिला टोलीले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले हराएको थियो।
नेपालका दुवै टोली पहिलोपटक विश्वकप खेल्दै छन्।