डिएभी कलेजको अन्तरकलेज फुटसल कप

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

ललितपुरस्थित डिएभी कलेजको तेस्रो बिसिए अन्तरकलेज फुटसल कप सम्पन्न भएको छ । फुटसल कप २९ पुसदेखि २ माघसम्म चलेको उक्त टुर्नामेन्टमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका बिसिए कलेजसम्बद्ध २४ टिमको सहभागिता रहेको थियो । 

बिसिए कलेजहरूबिच नेपालमै प्रथमपटक आयोजना गरिएको बिसिए कप मेन्स इन्टरकलेज फुटसल टुर्नामेन्टलाई निरन्तरता दिँदै तेस्रो संस्करण आयोजना गरिएको डिएभी कलेजले जनाएको छ ।

यस वर्ष नागार्जुन कलेजले डिएभी बिसिए अन्तरकलेज कप र नगद पुरस्कार एक लाख ५० हजार रुपैयाँ हात पार्यो । प्रथम विजेता टोलीलाई त्रिशूली भिल्लाले समेत फ्री र्याफ्टिङ प्याकेज प्रदान गरेको थियो ।

त्यसैगरी, रनर—अप स्थान हासिल गर्दै पास्कल कलेजले ७५ हजार रुपैयाँसहित रनर—अप ट्रफी हात पार्यो । उक्त प्रतियोगितामा पास्कल कलेजका आभास योञ्जनले बेस्ट प्लेयर अवार्ड हात पारे । साथै, नागार्जुन कलेजका खेलाडीद्वय ऋषभ श्रेष्ठले बेस्ट गोलकिपर अवार्ड र श्रेवन श्रेष्ठले बेस्ट स्कोर अवार्ड जित्न सफल भए । 

विजेता र उपविजेता दुवै टोलीलाई मेडलसहित मेरिट सर्टिफिकेटद्वारा समेत सम्मान गरिएको थियो । सम्मान समारोहमा कलेजका अध्यक्ष अनिल केडियालगायत कलेजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

सुझावित समाचार