दिनेश त्रिपाठीमाथि हातपातको घटनामा पार्टी सदस्य संलग्न भेटिए कारबाही गर्छौँ : रास्वपा

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनाप्रति रास्वपाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै सो घटनामा पार्टीका कुनै पनि सदस्यको संलग्नता भेटिए कारबाही गर्ने जानकारी दिएका हुन्।

‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन आयोगको समेत ध्यानाकर्षण भएको छ र सो घटनामा यदि पार्टीको कुनै पनि सदस्यको संलग्नता भेटिएमा पार्टी विधानबमोजिम कारबाही हुने स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

यस्ता व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास  र न्यायप्रति विश्वास राख्ने दलका लागि स्वीकार्य नहुने भन्दै रास्वपाले घटनामा संलग्न जोसुकै भए पनि कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा कास्कीदेखि काठमाडौं जिल्ला अदालतसम्म बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधबार जिल्ला अदालत काठमाडौंपरिसरमै हातपात भएको थियो। सो घटनापछि रास्वपाले पार्टी सदस्य दोषी देखिए कारबाही गर्ने जनाएको हो।

सुझावित समाचार