रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो। 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालीन सञ्चालकको रूपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो। उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो। 

जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। 

प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ। 
 

सुझावित समाचार