७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

सत्तरी वर्षमाथिका खोटाङका पत्रकारलाई पेन्सनको व्यवस्था हुँदै    

नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । शाखाको जिल्ला कार्यसमितिको मंगलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो ।

जिल्लामा क्रियाशील पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाइराख्न ७० वर्षभन्दा माथिका पत्रकारहरूलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासंघ खोटाङका अध्यक्ष हरिबाेल आचार्यले जानकारी दिए।

पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासंघ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।

See More On

सुझावित समाचार