थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबारसम्म थुनामा बस्नुपर्ने भएको छ।
जिल्ला अदालत, काठमाडौंमा सोमबार सरकारी वकिलहरूले बहस गरेका थिए। लामिछानेका वकिलहरूले बहस गर्न नभ्याएपछि अब बुधबार बहस हुने भएको छ ।
मंगलबार बिदा भएकाले बुधबार मात्र बहस र आदेश हुने भएको हाे।
कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लामिछानेमाथि छ। लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम गएको र खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई प्रतिवादी बनाइएको छ।
यसअघि कास्कीमा दायर भएको मुद्दामा उनी धरौटीमा छुटेका थिए।