घाँस काट्न वन गएका व्यक्ति गम्भीर अवस्थामा फेला, उपचारको क्रममा मृत्यु

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

जंगलमा घाँस काट्न गएका नवलपुरको हुप्सेकोट गाउँपालिका–४, डिहीका ६० वर्षीय रमन रानामगरको मृत्यु भएको छ। हुप्सेकोट–४ को थुम्कीदेवी सामुदायिक वनमा आज बिहानै घाँस काट्न गएका मगर अबेरसम्म नफर्केपछि खोज्न जाँदा उनी रुखमुनि गम्भीर घाइते अवस्थामा फेला परेका थिए। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रानामगरको मध्यविन्दु जिल्ला अस्पतालमा आज साँझ उपचारको क्रममा मृत्यु भएको हो। 

रानामगर रुखबाट लडेर गम्भीर घाइते भएको आशंका प्रहरीले गरेको छ। तथापि, घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
 

सुझावित समाचार